काठमाडौँ — स्टार्टअपलाई १ अर्ब बजेट विनियोजन गरिएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताएका छन् । विनियोजित बजेट करिब १ हजार उद्यमीलाई ३ प्रतिशत ब्याजमा वितरण गरिने उनको भनाइ छ ।
‘करिब एक हजार उद्यमीलाई ३ प्रतिशत ब्याजमा ५ लाखदेखि २५ लाखसम्म ‘स्टार्टअप उद्यमी कर्जा’ प्रदान गर्छौं,’ सेन्टर फर इनोभेटिभ्स गभर्नेन्स प्राक्टिसेस (सीआईजीपी) र स्वशासन अध्ययन प्रतिष्ठान (इनलोगस) ले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले भने ।


