पोखरा ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार कास्कीबाट रुपन्देही लगिएको छ ।
बिहान भिजिविलिटी नहुँदा उडान हुन सकेको थिएन । करिब ४ घण्टासम्म विमानस्थलमा कुरेर अहिले १० बजेर ३० मिनेटमा उडान भएको हो । बुद्ध एयरको विमानमार्फत निर्धारित समय बिहान ७ बजेर ४५ मिनेटको उडानका लागि रविलाई बिहानै प्रहरी टोलीले पोखरा विमानस्थल पु-याएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाका अनुसार रुपन्देहीको सरकारी वकिल कार्यालयमा बयानपछि सकेसम्म आजै पोखरा फर्काइने तयारी छ ।



