भारतबाट युरोपेली मुलुकमा पेट्रोलियम निर्यातमा ५८ प्रतिशतले वृद्धि, ३१ अर्ब डलरको रासायनिक निर्यात हुनसक्ने


  • Himalayan Bank Limited (HBL)
भारतबाट युरोपेली मुलुकमा पेट्रोलियम निर्यातमा ५८ प्रतिशतले वृद्धि, ३१ अर्ब डलरको रासायनिक निर्यात हुनसक्ने

चालु आर्थिक वर्षको तीन त्रैमासमा भारतबाट युरोपेली संघमा डिजेल लगायतका इन्धनको निर्यात वार्षिक रूपमा ५८ प्रतिशतले बढेको छ। यसमा रुसबाट आउने कच्चा तेलको ठूलो हिस्सा छ जसलाई रिफाइन गरी युरोप पठाइएकाे छ। यो निकासी भारतकाे जामनगर, वाडिनार (गुजरात) र मंगलोर रिफाइनरीबाट भइरहेको भारतीय संचारमाध्यमले जनाएका छन्।

२०२२काे डिसेम्बरमा, युरोपेली संघ र जी सेभेन राष्ट्रहरूले रूसमाथि कच्चा तेलकाे आयातमा मूल्य सीमा र प्रतिबन्धहरू लगाएका थिए। तर, नियममा स्पष्टता नहुँदा प्रतिबन्ध नलगाइएका राष्ट्रहरूले रुसी कच्चा तेल आयात गरेर रिफाइन्ड उत्पादनमा परिणत गरी प्रतिबन्धित राष्ट्रहरूमा निर्यात गर्न सक्ने अनुमान गरिएको थियो।

सीआरईएले दियाे यस्ताे जानकारी 

सेन्टर फर रिसर्च अन एनर्जी एन्ड क्लिन एयर (सीआरईए)का अनुसार रुस-युक्रेन युद्धपछि रुसी कच्चा तेलको दोस्रो ठूलो खरिदकर्ता भारत बनेको छ। युद्ध अघि, रूसबाट भारतमा हुने आयात कुल आयातित तेलको एक प्रतिशत भन्दा पनि कम थियो। युद्ध पछि भने खरिद बढेर लगभग ४० प्रतिशत पुग्याे।

Read More