श्रम स्वीकृति लिएका नेपालीलाई भारतबाट जाँदा एनओसी नचाहिने


  • Himalayan Bank Limited (HBL)
श्रम स्वीकृति लिएका नेपालीलाई भारतबाट जाँदा एनओसी नचाहिने

श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको दिल्ली हुँदै श्रम गन्तव्य मुलुक जानेहरूलाई ‘नो अब्जेक्शन लेटर’ (एनओसी) नचाहिने भएको छ।

सोमबार दिल्लीस्थित दूतावासले सूचना जारी गर्दै श्रम स्वीकृति लिएका नेपालीहरूलाई भारतको एयरपोर्ट हुँदै श्रम गन्तव्य जाँदा एनओसी नचाहिने भएको हो।

‘वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएका नेपालीहरूका लागि दूतावासबाट एनओसी  लिन पर्नेछैन,’ सूचनामा उल्लेख छ।

साथै अमेरिका, बेलायत तथा सेन्जेन मुलुकको भीसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी नचाहिने दूतावासले जनाएको छ।

Read More