लाइन जोड्ने मन्त्रिपरिषदको निर्णय भएन कार्यान्वयन, पत्र पर्खदै प्राधिकरण


  • Himalayan Bank Limited (HBL)
लाइन जोड्ने मन्त्रिपरिषदको निर्णय भएन कार्यान्वयन, पत्र पर्खदै प्राधिकरण

लाइन काटिएका उद्योगमा लाइन जोड्ने निर्णयको पालना नभएको पाइएको छ। हिजोको मन्त्रिपरिषदको बैठकले आज दिउँसो १२ बजेदेखि लाइन काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको भएपनि अहिलेसम्म लाइन नजोडिएको पाइएको हो। 

नेपाल सिमेन्ट उत्पादक संघका पुर्वअध्यक्ष धुर्ब थापाले आज सोमबार दिउँसो १ बजेसम्म पनि लाइन काटिएका उद्योगमा लाइन नजोडिएको बताएका छन्। 

यता नेपाल बिद्युत प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले पनि लाइन काटिएका उद्योगमा लाइन नजोडिएको पुष्टि गरेका छन्। लाइन जोड्नेबारे अहिलेसम्म प्राधिकरणलाई कुनै औपचारिक जानकारी नआएको उनले बताए। निर्देशनात्मक पत्र आएपछि मात्रै बोर्डको बैठक बसेर के गर्ने भन्ने सन्दर्भमा निर्णय हुने उनको भनाइ छ। 

Read More