अधिक तरलताको मारमा बैंक, व्यवस्थापनमा सकस


  • Himalayan Bank Limited (HBL)
अधिक तरलताको मारमा बैंक, व्यवस्थापनमा सकस

काठमाडौं । बैंकिङ प्रणालीमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंक र वाणिज्य बैंकहरूलाई तरलता व्यवस्थापनमा हम्मेहम्मे हुन थालेको छ । अधिक तरलताका कारण बैंकहरूले एकआपसमा लिने सापटीको (अन्तरबैंक) ब्याजदर ३ प्रतिशत पुगेको छ । ३ प्रतिशतभन्दा तल झर्न नदिनका लागि राष्ट्र बैंकले विभिन्न बैंकहरूबाट रकम तानेको तानै गर्नुपरेको छ ।

गत २१ कात्तिकमा मात्र राष्ट्र बैंकले १ खर्ब रुपैयाँ तानेकामा आइतबार पुनः १ खर्ब रुपैयाँ तानेको हो ।

राष्ट्र बैंकले १ खर्ब रुपैयाँ राख्न खोज्दा बैंकहरूले २ खर्ब रुपैयाँ राख्न बोलकबोल गरेका थिए । अन्तरबैंक ब्याजदर ३ प्रतिशत हुँदा पनि राष्ट्र बैंकमा बोलकबोल गर्दा भने औसत २ दशमलव ८६ प्रतिशत ब्याजदरमै बैंकहरूले रकम राखेका थिए ।

Read More