काठमाडौं । असोज पहिलो साताको अविरल मुसलधारे वर्षाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिमध्ये २२ प्रतिशतभन्दा कम मात्र बीमाको दायरामा समेटिएको पाइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीपहिरोका कारण देशभर ४६ अर्ब ६८ करोड ४३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार बुधवारसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा १० अर्ब ५३ करोड २७ लाख रुपैयाँ बराबरको मात्र दाबी परेको छ ।



