मानव बेचबिखनको आरोप लागेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।
अधिकारीलाई विराटनगरबाट प्रहरीले बयानका लागि हवाई मार्गबाट काठमाडौंस्थित मानव बेचबिखन ब्युरो ल्याएकाे छ।
उनी माथि नक्कली कागजात बनाइदिएर आफुसँगै तीनजना नेपालीलाई जापान लगेको आरोप लागेको छ।



