काठमाडौं । गत आव २०८०/८१ सम्मको मुनाफाबाट नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत विभिन्न सेक्टरका कम्पनीलेहरूले धमाधम लाभांश प्रस्ताव गरेका छन् । गत आवको मुनाफाबाट लाभांश प्रस्ताव गरेका कम्पनीहरूमध्ये केही कम्पनीले भने प्रस्तावित लाभांश साधारण सभाबाट पारित गराइसकेका छन, केहीको बुक क्लोज भइसकेको छ भने अझै १४ कम्पनीहरूको भने बुक क्लोज हुन बाँकी छ ।
सोल्टी होटल, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेशनल लघुवित्त, सर्पोट लघुवित्त, सुपर माई हाइड्रोपावर नबिल बैंक, आरएसडीसी लघुवित्त, फर्स्ट माइक्रो फाइनान्स, बिन्ध्यबासिनी हाइड्रोपावर , ग्लोबल आइएमई बैंक, मन्दाकिनी हाइड्रोपावर , प्राइम कमर्सियल बैंक र सगरमाथा जलविद्युत कम्पनीको बुक क्लोज हुन बाँकी रहेको छ । यस आधारमा यी कम्पनीहरूको शेयर खरीद लाभांश प्राप्त गर्न सकिन्छ ।




