व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी


  • Himalayan Bank Limited (HBL)
व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

दैलेखको गुराँस गाउँपालिका–८ झ्याजे गाउँका किसानले तरकारी बेचेर पर्याप्त आम्दानी गर्दैआएका छन् । नौ परिवार रहेको उक्त गाउँका किसानको मुख्य आम्दानीको स्रोत नै तरकारीखेती हो । तरकारी बेचेरै यो गाउँका किसानले घरखर्च टार्दै आएका छन् । व्यावसायिकरूपमा तरकारीखेती गरेर उनीहरुले बर्सेनि लाखौँ आम्दानी गरेका छन् । तर यहाँका किसान राज्यको सेवा सुविधाबाट वञ्चित छन् । गैर किसानले लाभ लिँदा वास्तविक किसान सरकारी सुविधाबाट वञ्चित भएका छन् ।

उत्पादित तरकारीलाई बजारसम्म लैजान समस्या रहेको किसानको गुनासो छ । झ्याजे गाउँमा विशेषगरी आलु, बन्दा, काउली, गोलभेँडा, खुर्सानी र काँक्रो उत्पादन हुन्छ । सिजनमा उत्पादन भएको तरकारी ढुवानीमा किसानले हैरानी खेप्दै आएका छन् । स्थानीय तहलाई बारम्बार सडकका लागि आग्रह गर्दा कुनै सुनुवाइ नभएको तथा सडक नहुँदा तरकारी बोक्नुपर्ने बाध्यताले आफूहरू हैरान भएको किसानको दुखेसो छ ।

Read More