प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा बनेको नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारले सामाजिक स्वच्छता जोगाउने नाउँमा टिकटकमाथि अघिल्लो सरकारले लगाएको प्रतिबन्ध हटाएको छ । यसका लागि टिकटकका मालिकले वर्तमान सरकारलाई कसरी सहमत गराए रु नेपाली समाचारको बजारमा यसको नालीबेली आइसकेको छैन । टिकटकमाथिको प्रतिबन्ध खुलेकोमा मानिसहरू खुसी छन् । सरकारको यो कदमको विरोधमा कोही मैदानमा उत्रिएका छैनन् र उत्रिने पनि छैनन् । लोकतान्त्रिक गणतन्त्रको सुरक्षाका लागि गोधुँलीको यो मौसममा सरकार कृष्णलीलाको प्रदर्शन गर्न चाहन्छ भने त्यो पनि स्वागतयोग्य कदम हुनेछ । प्रविधिको छलाङ रोकेर समाजको विकास हुन्छ भन्ने सोच्नु पनि एकप्रकारको विचार नै हो । तर, विचार सामयिक हुन्छन्, सार्वकालिक हुँदैनन् । परिवर्तित समयअनुसार विचारमा ठूलो हलचल आउँछ । आजको संसार आदर्शबाट होइन, आवश्यकताबाट चलेको छ । अहिलेको सरकारले टिकटकलाई हाम्रो समाजको आवश्यकता ठानेको छ भने त्यो स्वागतयोग्य कुरा



