भारतको एसबीआई बैंकले ६ महिनामा कमायो १ खर्ब ९८ अर्ब, करिब ९ अर्ब पुँजी रहेको यस बैंकको जगेडा कोषमा ४० खर्ब भन्दा धैरै


  • Himalayan Bank Limited (HBL)
भारतको एसबीआई बैंकले ६ महिनामा कमायो १ खर्ब ९८ अर्ब, करिब ९ अर्ब पुँजी रहेको यस बैंकको जगेडा कोषमा ४० खर्ब भन्दा धैरै

काठमाडौं : भारतको  एसबीआई बैंकको खुदा नाफा २३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (सेप्टेम्बर)सम्म बैंकले १९ हजार ७८२ करोड (कन्सोलिडेटेड) भारतीय रुपैयाँ खुद नाफा कमाएको द हिन्दुले जनाएको छ । गत वर्षको सोही अवधिमा यस बैंकको खुद नाफा १६ हजार ९९ करोड रुपैयाँ थियो । 

यस बैंकको कुल आम्दानी १ लाख २९ हजार करोड (स्ट्यान्डओलोन) पुगेको छ । गत वर्षको सोही अवधिमा १ लाख १२ हजार करोड रुपैयाँ थियो । यस त्रैमासिकमा कुल खर्च ९९ हजार ८४७ करोड पुगेको छ । खराब सम्पतिहरुका लागि प्रावधान लगभग दोब्बर भएर ३ हजार ६३१ करोड पुगेको छ ।

Read More