उमागौरी सहकारी प्रकरण : अध्यक्षसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी


  • Himalayan Bank Limited (HBL)
उमागौरी सहकारी प्रकरण : अध्यक्षसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी

मोरङको धनपालथान गाउँपालिकामा रहेको उमागौरी कृषि सहकारी संस्थाका १० जना विरुद्ध पक्राउ पुर्जि जारी भएको छ ।

उनीहरु विरुद्ध जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जि जारी भएसंगै प्रहरीले अनुसन्धान थालेको हो ।

यो सहकारीको ठगी प्रकरणमा संसदको सार्वजनिक लेखा समिति सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला पनि जोडिएकी छन्। उमागौरी सहकारीको पूर्वसञ्चालक कोइराला  कालोसूचीमा छिन्।  सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन्।

Read More