राष्ट्र बैंकले एक खर्ब तान्न खोज्दा बैंकहरुले दिए २ खर्ब बढी पैसा राख्न आवेदन, ब्याजदर ३ प्रतिशतभन्दा कम


  • Himalayan Bank Limited (HBL)
राष्ट्र बैंकले एक खर्ब तान्न खोज्दा बैंकहरुले दिए २ खर्ब बढी पैसा राख्न आवेदन, ब्याजदर ३ प्रतिशतभन्दा कम

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको अधिक तरलता खिच्नको लागि एक खर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्दा बैंकहरुले २ खर्ब बढीको आवेदन दिएका छन्।

केन्द्रीय बैंकले बुधबार जारी गरेको निक्षेप संकलन उपकरणमा २५ वटा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ७ अर्ब १० करोड रुपैयाँको आवेदन दिएका हुन्।

बैंकहरुले ब्याजदर समेत घटाएका छन्। यसअघि २.९९ प्रतिशत कायम भएको भारित औसत ब्याजदर बुधबार भने घटेर २.८६ प्रतिशतमा झरेको छ। बैंकहरुले न्युनतम २.७२ प्रतिशतदेखि अधिकतम २.९५ प्रतिशतसम्म ब्याजदर पेश गरेका थिए।

अहिले ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ३ प्रतिशत छ। तर बैंकहरुले सो भन्दा पनि कम ब्यजदरमा राष्ट्र बैंकमा पैसा राख्न प्रतिस्पर्धा गरिरहेका छन्।

Read More