आईपीओ रोकिँदा झण्डै २७ लाख डिम्याट खाता निष्क्रिय


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आईपीओ रोकिँदा झण्डै २७ लाख डिम्याट खाता निष्क्रिय

२३ कात्तिक, काठमाडौं । हालै समता घरेलु लघुवित्तको ‘एफपीओ’ अंकित मूल्य १ सयकै दरले खुलेको थियो । बजारमा सूचीकृत भइसकेको, प्रतिकित्ता ९ सय हाराहारीमा कारोबार भइरहेको यस कम्पनीको एफपीओ १ सयमै खुले पनि भर्नेको संख्या भने १४ लाख ३२ हजार मात्रै रह्यो ।

तीन वर्षअघि आईपीओ भर्नेको संख्या २४ लाख हाराहारी पुगेकोमा अहिले संख्या घटेको छ । असोज २०७८ मा खुलेको मध्यभोटेकोशीको आईपीओ २३ लाख ९० हजारले भरेका थिए । १ सयमै खुलेको यो कम्पनीको सेयर मूल्य अहिले ३ सय ४० रुपैयाँ हाराहारीमा छ ।

Read More