बुधबार डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकाका राष्ट्रपति चुनिए। यो जितको दिन ट्रम्पका लागि त विशेष थियो नै, संसारका धनाढ्यहरूका लागि पनि सुखद बन्यो।
ब्लुमबर्गको बिलेनियर इन्डेक्सका अनुसार ट्रम्पको जितसँगै यो दिन विश्वकै सबभन्दा धनी दस जना व्यक्तिहरूको सम्पत्ति पनि रेकर्ड स्तरमा बढेको छ।
उनीहरूको बढेको सम्पत्ति सामूहिक रूपमा ६४ अर्ब अमेरिकी डलर छ।
ब्लुमबर्गका अनुसार सन् २०१२ मा दैनिक रूपमा कमाइको रेकर्ड राख्न थालेयता यो हालसम्मकै सबभन्दा ठूलो दैनिक वृद्धि हो।



