उमाशंकर सहकारी ठगी प्रकरणमा १० जनाविरुद्ध पक्राउ पुर्जी,लेखा समितिका सभापति पत्नी अन्जनाबारे प्रशासन माैन


  • Himalayan Bank Limited (HBL)
उमाशंकर सहकारी ठगी प्रकरणमा १० जनाविरुद्ध पक्राउ पुर्जी,लेखा समितिका सभापति पत्नी अन्जनाबारे प्रशासन माैन

सार्वजनिक लेखा समिति सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला  जोडिएकाे सहकारीको ठगी प्रकरणकाे अनुसन्धान शुरू भएकाे छ ।

मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणको अनुसन्धान प्रहरीले सुरु गरेको छ । जिल्ला अदालत मोरङले १० जनाको नाममा पक्राउ अनुमति लिएर अनुसन्धान थाले पनि अञ्जला कोइरालाकाेबारे भने केही उल्लेख छैन ।

प्रहरीका अनुसार सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि सहकारीका वर्तमान अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिंह,सञ्चालक समितिका सदस्यहरु आमोद मण्डल, रोशन राजवंशी र  जितमान ठाकुरविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

Read More