बैंक बित्त बीमा तथा धितोपत्र बजारका करिब दर्जन नियामक निकायका नेतृत्त्वको कार्यकाल सकिने अवस्थामा रहेको छ। शेयरबजारको नियामक निकाय 'नेपाल धितोपत्र बोर्ड' (सेबोन) को नेतृत्त्व करिब दश महिनादेखि रिक्त हुँदा नेपाल राष्ट्र बैंक लगायत अन्य दर्जन संस्थाको नेतृत्त्व चयन कसरी हुन्छ भन्ने बिषयलाई चाँसोका साथ लिइएको छ।
बैंक वित्तीय संस्थाहरुको प्रमुख नियामक निकाय तथा नेपाल सरकारको आर्थिक सल्लाहकार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल यहि चैत २५ देखि सकिदैछ। त्यस्तै बीमा कम्पनी तथा बीमासंग सरोकार राख्ने अन्य निकायको प्रमुख नियामक निकाय बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको पनि यहि माघ १९ गते कार्यकाल सकिदैछ।


