संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे बिहीबार जनकपुरधाम पुगेर छठी माइको पूजा गरेका छन्।
मन्त्री पाण्डेले जनकपुर नगरी आसपासका छठ घाटमा जम्मा भएका ब्रतालु तथा सर्वधारणसँग छठको शुभकामना साट्दै छठको सामाजिक, संस्कृतिक एवं धर्मिक महत्व र मैथिली सभ्यतामा यसको प्रभाव लगायतका विषयमा जानकारी लिए।
सोही अवसरमा उपस्थित जनप्रतिधिलगायतका अगुवासँग जनपुरका धार्मिक महत्वलाई विश्वका अन्य मुलुकमा समेत प्रचारप्रसार गरी धार्मिक पर्यटन विस्तारका बारेमा अन्तर्क्रिया गरेका हुन्।


-1700371905.jpeg)
