भौतिक मन्त्रालयबाट निर्माण व्यवसायीलाई पाँच अर्ब बढी भुक्तानी


  • Himalayan Bank Limited (HBL)
भौतिक मन्त्रालयबाट निर्माण व्यवसायीलाई पाँच अर्ब बढी भुक्तानी

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीहरूलाई पाँच अर्ब पाँच करोड रुपैयाँ भुक्तानी गरेको छ।

मन्‍त्रालयका सचिव केशवकुमार शर्माले गत वर्ष निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न योग्य भइसकेको तर भुक्तानी गर्न नसकेको ८ अर्ब ७१ करोडमा ५ अर्ब ५ करोड भुक्तानी गरिएको जानकारी दिए।

अर्थ मन्त्रालयले साउन १ गते बजेटबाट रकम रकमान्तर गर्ने वा अघिल्लो त्रैमासिकको पनि अगाडि तानेर भुक्तानी गर्न सहमति दिएबमोजिम ६० प्रतिशत रकम भुक्तानी गरिएको उनको भनाइ छ।

८ अर्ब रकम भुक्तानी गर्नुपर्नेमा अझै ३ अर्ब ६६ करोड रकम निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न बाँकी रहेको उनले बताए।

Read More