चालु आर्थिक वर्षको तीन महिनामा लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ९ प्रतिशतमात्र


  • Himalayan Bank Limited (HBL)
चालु आर्थिक वर्षको तीन महिनामा लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ९ प्रतिशतमात्र

बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा जम्मा ९ दशमलव ४३ प्रतिशत बजेट खर्च गरेको छ । पुँजीगततर्फ ८ प्रतिशत र चालुतर्फ ११ दशमलव ६८ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनीले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि लुम्बिनी प्रदेश सरकारले ३८ अर्ब ९७ करोड रुपैयाँ बजेट ल्याएकोमा साउनदेखि असोज मसान्तसम्म तीन अर्ब ६७ करोड ५९ लाख रुपैयाँ अर्थात् ९ दशमलव ४३ प्रतिशत खर्च गरेको देखिन्छ ।

Read More