के राष्ट्रिय परिचयपत्र बनाएका व्यक्तिले बैंकमा केवाइसी फारम भर्न नपर्ने हो?


  • Himalayan Bank Limited (HBL)
के राष्ट्रिय परिचयपत्र बनाएका व्यक्तिले बैंकमा केवाइसी फारम भर्न नपर्ने हो?

बैंकमा खाता खोल्दा ग्राहक पहिचानसम्बन्धी लामो फारम भर्नुपर्ने नियम छ, जसलाई 'केवाइसी' फारम भनिन्छ। राष्ट्रिय परिचयपत्र बनाइसकेका व्यक्तिले भने यस्तो फारम भर्नुपर्दैन कि भन्नेमा अहिले धेरैलाई चासो छ।

बैंक, सहकारी, बिमा, सेयर ब्रोकर लगायतले ग्राहकको नागरिकता वा राष्ट्रिय परिचयपत्रको अभिलेखसम्म पहुँच पुर्‍याएर विद्युतीय माध्यमबाटै केवाइसी विवरण लिन सक्ने व्यवस्था 'सम्पत्ति शुद्धीकरण निवारण नियमावली २०८१' ले गरेको छ। यही व्यवस्थाका आधारमा राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका व्यक्तिले केवाइसी फारम भर्नुपर्दैन भन्ने धेरैको बुझाइ देखिन्छ।

Read More