२१ कात्तिक, काठमाडौं । अमेरिकको ४७औं राष्ट्रपतिमा डनल्ड ट्रम्प निर्वाचित भएसँगै बिटक्वाइनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
बुधबार कारोबार क्रममा बिटक्वाइनको भाउ ७४ हजार ७ सय ८६ अमेरिकी डलरसम्म पुग्यो । साँझ साढे ५ बजे यो ७४ हजार २ सय १० डलर हाराहारीमा कारोबार भएको छ । बुधबार एकै दिन बिटक्वाइनको मूल्य ७ प्रतिशत बढेको हो ।



