काठमाडौं : बिहीबार सेयर बजार बन्द हुने भएको छ । बिहीबार (कात्तिक २२ गते) छठ पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । तसर्थ, सो दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार (कात्तिक २५ गते) बिहान ११ बजेमात्र खुल्नेछ । बैंक–वित्तीय संस्था भने शुक्रबार नै नियमितरुपमा खुला हुनेछन् ।





