२ वर्षदेखि रोकियो इन्टरनेट र टेलिफोन क्षेत्रको विदेशी भुक्तानी, बनेनन् बाढीले ढलेका संरचना


  • Himalayan Bank Limited (HBL)
२ वर्षदेखि रोकियो इन्टरनेट र टेलिफोन क्षेत्रको विदेशी भुक्तानी, बनेनन् बाढीले ढलेका संरचना

इन्टरनेट र टेलिफोन सेवा प्रदायकको सेवा विस्तार र पूर्वाधार निर्माणको काम करिब दुई वर्षदेखि रोकिएको पाइएको छ। नियामक निकाय नेपाल दुरसंचार प्राधिकरणले विदेशी मुद्रा सटहीको सुविधा रोकिदिएकाले भुक्तानी गर्न नपाउँदा सेवा विस्तार र पूर्वाधार निर्माणका काम रोकिएको बताईएको छ। 

नेपाल दुरसंचार ऐनको बिनियामावालीमा भएको व्यवस्था देखाएर आफुहरुलाई पछिल्लो डेढ-दुई वर्षदेखि मुद्रा सटहीको सुविधा रोकिदिएको सेवा प्रदायकहरुको भनाई छ।  मुद्रा सटहीको सुविधा रोकिंदा असोज ११ गतेको बाढीले भत्किएका सयौं टावर तथा अन्य संरचना मर्मत सम्भार तथा निर्माण गर्न समेत नपाइएको उनीहरुको गुनासो छ। 

Read More