काठमाडौँ — अमेरिकाको आगामी राष्ट्रपति को हुने र अमेरिकी संसद्को बागडोर कुन दलसँग रहने भन्ने राष्ट्रिय चुनाव सम्पन्न भएर अहिले मतपरिणाम आउन सुरू भइसकेको छ । यो बेला विश्वभरका प्रमुख शेयर बजारहरूले अमेरिकी राजनीतिको पछिल्लो विकासक्रमलाई सावधानीपूर्वक नियालिरहेको विज्ञहरूले बताएका छन् ।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिशबीच अत्यन्तै कडा प्रतिस्पर्धा हुने प्रक्षेपणहरू सार्वजनिक भएसँगै निर्वाचनको एक साता अघिसम्म शेयर बजार इन्डेक्स केही घटेका थिए । चुनावको आसपास आइपुग्दा सुधारिएका छन् । चुनावको दिन सकारात्मक बनेको वाल स्ट्रिटको माहोलले एसियाली प्रमुख बजारलाई पनि छोएको छ ।




