ट्रेड टावरले पनि आईपीओ निष्कासन गर्ने ,मंसिर १२ गते बोलायो साधारण सभा


  • Himalayan Bank Limited (HBL)
ट्रेड टावरले पनि आईपीओ निष्कासन गर्ने ,मंसिर १२ गते बोलायो साधारण सभा

काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कात्तिक ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि १५औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।

सभा होटेल क्रिष्टल पशुपति, ट्रेड टावर, गौशालामा बिहान १०ः३० बजे हुनेछ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

Read More