४० सहकारीको ८८ अर्ब हिनामिना


  • Himalayan Bank Limited (HBL)
४० सहकारीको ८८ अर्ब हिनामिना

बुटवल : मुलुकको सहकारी क्षेत्रले ‘नक्कली दृष्टान्त’ को महामारी भोगिरहेको छ । नक्कलीको बिगबिगीले सहकारी क्षेत्र आक्रान्त बनेको छ । यतिसम्मकी विवाह नक्कली, अंशबन्डा नक्कली, पुनः विवाह नक्कली, साधारणसभा नक्कली, प्रतिवेदन नक्कली, सेयर सदस्य नक्कली, ऋणी नक्कली, खाता नक्कली, लेखापरिक्षण प्रतिवेदन नक्कली, आश्वासन नक्कली, बचनबद्धता नक्कली र सिंगो कार्यप्रणाली नै नक्कली भेटिएका छन् । 

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सार्वजनिक गरेको प्रतिवेदनमा सहकारी क्षेत्रमा थरीथरीका विकृति र कानुनविपरीतका कार्यहरू गरेको पाइएको उल्लेख छ । समितिले छानबिन गरेका कुल ४० सहकारीमध्ये समस्याग्रस्त घोषित २२ वटा र सार्वजनिक रूपमा प्रश्न उठेका १८ वटा सहकारी छन् । सार्वजनिक रूपमा प्रश्न उठेकामध्ये ६ वटा गोर्खा मिडिया नेटवर्कसँग सम्बन्धित छन् । 

Read More