कच्चा पदार्थमा मूल्य अभिवृद्धि करले गलैँचा उत्पादन लागत बढ्यो, निर्यात घट्यो


  • Himalayan Bank Limited (HBL)
कच्चा पदार्थमा मूल्य अभिवृद्धि करले गलैँचा उत्पादन लागत बढ्यो, निर्यात घट्यो

काठमाडौँ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा नेपाली गलैँचा निर्यातबाट ३ अर्बभन्दा बढी रकम भित्रिएको छ । सो अवधिमा ४ लाख ३७ हजार ५६५ वर्गमिटर गलैँचा निर्यात हुँदा ३ अर्ब १ करोड ३५ लाख ३८ हजार रुपैयाँ भित्रिएको भन्सार विभागले जनाएको छ ।

यस अवधिमा विश्वभरका ४८ मुलुकमा नेपाली गलैँचा निर्यात भएको विभागको तथ्याङ्कले देखाउँछ । जसमध्ये सबैभन्दा धेरै अस्ट्रेलियामा निर्यात भएको छ । अस्ट्रेलियामा १ अर्ब ८४ करोड बराबरको ५४ हजार ३८७ वर्गमिटर गलैँचा निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यसैगरी दोस्रोमा जर्मनीमा निर्यात भएको देखिन्छ । करिब २२ करोड ५१ लाख रुपैयाँको ८ हजार ५१ वर्गमिटर गलैँचा जर्मनी निर्यात भएको छ ।

Read More