२२० केभी क्षमताको चिलिमे–त्रिशूली प्रसारण लाइनको निर्माण कार्य ७ वर्षमा सम्पन्न


  • Himalayan Bank Limited (HBL)
२२० केभी क्षमताको चिलिमे–त्रिशूली प्रसारण लाइनको निर्माण कार्य ७ वर्षमा सम्पन्न

रसुवा : ६ वर्ष १० महिनामा चिलिमे– त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । निर्माण पूरा भएसँगै सो प्रसारण लाइनको परीक्षणको तयारी थालिएको छ । भौगोलिक कठिनाइ, विभिन्न विपद्का कारण तोकिएको समयमा निर्माण सम्पन्न हुन नसेकेको दुई सय २० केभी क्षमताको सो प्रसारण लाइनको काम कात्तिक १७ गते सम्पन्न भएको हो । 

प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै रसुवामा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सहज भएको छ । 

Read More