स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले सरकारले उर्जा उत्पादक निजी क्षेत्रको खुट्टा बाँध्ने काम गरिरहेको बताएका छन्।
एकातिरबाट जलविद्युतमा काम गर भनेर वातावरण दिने र अर्को तिरबाट खुट्टा बाँध्ने काम गरिरेहेको आरोप लगाएका हुन । मंगलवार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले सरकारले जलविद्युत क्षेत्रको विकासका लागि सहज वातावरण बनाउन प्राथमिकता दिएपनि काम गर्ने समयमा खुट्टा बाँध्ने काम गरेको बताए ।
उनले निजी क्षेत्रलाई जलविद्युत उत्पादन गर् भन्ने र अर्कोतिर नियमन गर्ने निकाय धेरै भएको बताए। उनले निजी क्षेत्रलाई धेरै संस्थाहरुले नियमन गर्न थालेको गुनासो गरे । अध्यक्ष कार्कीले ऊर्जा मन्त्रालय,विद्युत प्राधिकरण, विद्युत नियमन आयोग लगायत आईपीओमा जानुअघि धेरै खालका प्रावधानहरु पूरा गर्नुपर्ने भएको बताए ।



