१४ निर्जीवन बीमा कम्पनीको व्यवसाय साढे ११ अर्ब, कसको कति ?


  • Himalayan Bank Limited (HBL)
१४ निर्जीवन बीमा कम्पनीको व्यवसाय साढे ११ अर्ब, कसको कति ?

निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष को पहिलो तीन महिनामा साढे ११ अर्ब रुपैयाँ वीमा संकलन गरेका छन्। साउन भदौ र असोजमा १४ वटा निर्जीवन बीमा कम्पनीले ११ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बराबर बीमाशुल्क सङ्कलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। 

प्राधिकरणकाअनुसार यी कम्पनीहरुले साढे ११ अर्बको बीमा लेख जारी गर्दा बीमालेख संख्या छ लाख ६८ हजार एक सय ४० रहेको छ । जसमा सबैभन्दा बढी व्यवसाय गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। सलीकोले मात्रै एक अर्ब ४३ करोड ६३ लाख रुपैयाँबराबरको बीमाशुल्क आर्जन गरेको छ  भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक अर्ब १७ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ ।

Read More