नेपाल-बंगलादेशबीच फाइनल काठमाडौंका तीन ठाउँबाट प्रत्यक्ष प्रसारण गरिने


  • Himalayan Bank Limited (HBL)
नेपाल-बंगलादेशबीच फाइनल काठमाडौंका तीन ठाउँबाट प्रत्यक्ष प्रसारण गरिने

काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

बुधबार साँझ साढे ६ बजेदेखि दशरथ रंगशालामा नेपाल-बंगलादेशबीच फाइनल खेल हुँदैछ। काठमाडौं महानगरपालिकाले उक्त खेल तीन ठाउँबाट प्रत्यक्ष प्रसारण गर्ने भएको हो।

काठमाडौंको टुँडिखेल, चाबहिलको फुटबल ग्राउन्ड र हाँडीगाउँको सानो गौचरनमा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रसारण गराउन लागिएको हो।

दशरथ रंगशालामा टिकटको बिक्री सकिसकेको छ। अनलाइनबाट बिक्री गरिएको टिकट रोकेर अखिल नेपाल फुटबल संघ (एन्फा)ले भौतिक रूपमै टिकट बिक्री गरेको थियो। टिकट किन्न बुधबार बिहानैदेखि मानिसहरू लाइनमा लागेका थिए।

Read More