विपद सामनाको लागि विश्व बैंकले २० अर्ब ऋण दिने


  • Himalayan Bank Limited (HBL)
विपद सामनाको लागि विश्व बैंकले २० अर्ब ऋण दिने

विपद सामनाको लागि विश्व बैंकले दिने भएको करिब २० अर्ब रूपैयाँ (१५ करोड डलर) ऋण सहयोगमा दुई पक्षबीच सम्झौता भएको छ।

एक साता अघि विश्व बैंक र नेपाल सरकारबीच ऋण सहयोगसम्बन्धी सम्झौता भएको हो।

'नेपालले प्राकृतिक मौषम परिर्वतनको कारण आएको प्रभाव जटिल अवस्थाको समाना गर्न परिरहेको हालै आएको बाढीले देखाएको छ,' नेपलका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले भने, 'नेपाल सरकारले यो ऋण सहयोग प्राकृतिक विपत्ति वा स्थास्थ्य क्षेत्रमा आकस्मिकता आउने वित्तिकै लिन सक्नेछ।'

Read More