अनलाइनमार्फत १७ लाख बढी ठगी गर्ने भारतीय नागरिक पक्राउ


  • Himalayan Bank Limited (HBL)
अनलाइनमार्फत १७ लाख बढी ठगी गर्ने भारतीय नागरिक पक्राउ

काठमाडौं : अनलाइनमार्फत १७ लाख बढी ठगी गर्ने एक जना भारतीय नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारत उडिसाका ३० वर्षीय राजिब महानन्दलाई पक्राउ गरेको हो।

ह्वाट्सएपको दुरुपयोग गरी पीडितलाई सुनको गरगहना, आइफोनलगायतका सामान पार्सल गरी पठाउने प्रलोभन देखाएर विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाताहरूमा पटक-पटक गरी १७ लाख ८२ हजार ठगी गरेको प्रहरीको भनाइ छ। 

उनलाई मोरङको बेलबारी नगरपालिका-४ स्थित नोबेल सामुदायिक अस्पताल छेउबाट पक्राउ गरी ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ। 

Read More