सहकारी प्रकरणमा दोषी भए धनराज गुरुङलाई पनि कारबाही होस् : गगन थापा


  • Himalayan Bank Limited (HBL)
सहकारी प्रकरणमा दोषी भए धनराज गुरुङलाई पनि कारबाही होस् : गगन थापा

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी प्रकरणमा मुछिएका जुनसुकै पार्टीको जोसुकै व्यक्ति भए पनि कारबाही गर्न सरकारलाई अनुरोध गरेका छन् । उनले दोषी देखिए आफ्नै पार्टीका उपसभापति धनराज गुरुङलाई समेत नछाड्न उनले भने ।

आज राष्ट्र बैंकका कर्मचारीहरुले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘नेपाली कांग्रेसको एकजना नेता, पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो, थप अनुसन्धान गर्नुपर्छ । मत सरकारलाई यहीँबाट अनुरोध गर्छु, बकाइदा अनुसन्धान गर्नुस्, अनुसन्धान गर्नु पनि पर्छ ।’

Read More