लुम्बिनीका ६ उद्योगले किस्ताबन्दीमा बुझाउन थाले महशुल


  • Himalayan Bank Limited (HBL)
लुम्बिनीका ६ उद्योगले किस्ताबन्दीमा बुझाउन थाले महशुल

भैरहवा — विद्युत महशुल भुक्तानी नभएको भन्दै नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन काटिदिएको लुम्बिनी प्रदेशका २३ वटा उद्योगमध्ये छ वटा उद्योगले किस्ताबन्दीमा महशुल बुझाउन थालेका छन् ।

बुटवलस्थित नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका अनुसार, विद्युत महशुल बुझाउन थाल्नेमा बुटवलको दुई वटा जेवी टेक्सटायल, भैरहवाको बिनायक स्पात प्रालि, रुपन्देहीको नयाँमिलस्थित नवनेपाल प्लाष्टिक इण्डष्ट्रिज र शुभ लक्ष्मी पोलिमर्श र नवलपरासीको सर्वोत्तम सिमेन्ट रहेका छन् ।

डेडिकेटेड तथा ट्रंकलाइन विवादमा परी लामो समयदेखि विद्युत महशुल भुक्तानी नगरेको भन्दै गत बिहीबार नेपाल विद्युत प्राधिकरणले मुलुकभरि ३४ वटा उद्योगको लाइन काटिदिएको थियो । जसमध्ये सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा रहेका २३ वटा उद्योग थिए ।

Read More