काठमाडौँ — यस वर्षको तिहारका लागि नेपाल राष्ट्र बैंकले चाँदीका सिक्का बिक्री सुरु गरेको छ । बुधबारसम्म सर्वसाधारणले सिक्का खरिद गर्न पाउनेछन् । काठमाडौं बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागबाट सिक्का बिहान ११ बजेदेखि मध्यान्न ४ बजेसम्म सिक्का किन्न सकिने छ ।
एउटा व्यक्तिले बढीमा पाँच थान (गाई अंकित २५ ग्राम र १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम) चाँदीका सिक्का खरिद गर्न पाउने सिक्का बिक्रीका लागि राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।


