घुम्न जाँदा लैजाने डलरमा कडाई गर्ने राष्ट्र बैंकको संकेत


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
घुम्न जाँदा लैजाने डलरमा कडाई गर्ने राष्ट्र बैंकको संकेत

काठमाडौँ — नेपालीहरु विदेश घुम्न र अध्ययनका लागि जाँदा विदेशी मुद्रा बाहिरिएको भन्दै यसमा कडाई गर्ने संकेत राष्ट्र बैंकले दिएको छ ।गभर्नर चिरञ्जिवी नेपालले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिमा विदेशी विनियम खर्चलाई नियमन गर्न आवश्यक नीतिगन व्यवस्था गरिने उल्लेख छ ।

‘अध्ययन, सामूहिक भ्रमण लगायतमा हुने विदेशी विनियम खर्चलाई नियमन गर्न आवश्यक नीतिगत व्यवस्था गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ ।

अहिले विदेश भ्रमणमा जाने व्यक्तिले बढीमा १ हजार ५ सय डलर मात्रै लैजान पाउने व्यवस्था छ । राष्ट्र बैंकले यसमा थप कडाई गरी विदेश घुम्न जाँदा पाइने सटही सुविधामा कडाई गर्ने संकेत गरेको छ ।

Read More
  • MBL - below news