काठमाडौं । गत असोजको दोस्रो साताको बाढीपहिरोबाट भएको क्षतिपछि बीमा कम्पनीहरूमा साढे ९ अर्ब रुपैयाँको बीमा दाबी गरिएको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार १८ बीमा कम्पनीमा ३ हजार ३०६ बिमितले ९ अर्ब ५४ करोड ६१ लाख ८२ हजार ६३५ रुपैयाँ ५२ पैसा बीमा दाबी गरेका हुन् । जसमध्ये २६१ बिमितको ३० करोड ३६ लाख ५४ हजार ५६२ रुपैयाँ ३९ पैसा भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ ।
प्रदेशगत आधारमा बागमती प्रदेशमा सबैभन्दा बढी बीमा दाबी गरिएको छ । उक्त प्रदेशमा २ हजार ९१० बिमितले ८ अर्ब ९२ करोड ३९ लाख ३५ हजार ६३८ रुपैयाँ ६७ पैसा बीमा दाबी गरेका छन् । जसमध्ये २४२ बिमितको २९ करोड १७ लाख ४७ हजार २१७ रुपैयाँ ५४ पैसा भुक्तानी गरिएको प्राधिकरणको तथ्यांक छ ।



