एनभीडीया बन्यो विश्वको मूल्यवान कम्पनी, सेयर भाउ ५ वर्षमा २६ सय प्रतिशत भन्दा धेरैले बढ्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनभीडीया बन्यो विश्वको मूल्यवान कम्पनी, सेयर भाउ ५ वर्षमा २६ सय प्रतिशत भन्दा धेरैले बढ्यो

काठमाडौं : एनभीडीयाको बजार पुँजीकरण अहिले ३.५३ ट्रिलियन अर्थात, ३५ खर्ब ३० अर्ब भन्दा धेरै पुगेको छ । पुँजीकरण बढेसँगै यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । यसले एप्पललाई पछि पार्दै बजार पुँजीकरणको आधारमा विश्वको शीर्ष स्थानमा पुगेको हो । यस कम्पनीको सेयर भाउ शुक्रबार १.१३ डलरले बढेर १४१.५४ डलर पुगेको छ । पछिल्लो ५ वर्षमा यस कम्पनीको सेयर भाउ २६६९ प्रतिशरले बढेको छ । 

यस सफलताको मुख्य कारण कम्पनीको उच्च गति र उन्नत कम्प्युटिङ चिपहरु र विशेष गरी एआइ क्षेत्रमा यसको बढ्दो प्रभाव रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्येमहरुले जनाएका छन् । एनभीडीयाका जीपीयुहरु एआइ मोडेललाई प्रशिक्षित गर्न र चलाउनका लागि विशेष गरी लोकप्रिय छन् । जसले गर्दा एआइसँग सम्बन्धित व्यवसाय र डेटा सेन्टरहरुको माग धेरै नै बढिरहेको छ ।

Read More