अर्थतन्त्र चलायमान हुँदै गएको अर्थमन्त्री पौडेलको दाबी


  • Himalayan Bank Limited (HBL)
अर्थतन्त्र चलायमान हुँदै गएको अर्थमन्त्री पौडेलको दाबी

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र चलायमान हुँदै गएको बताएका छन । नयाँ सरकार बनेर सय दिन पूरा गरेको समिक्षा गर्दै अर्थमन्त्री पौडेलले नीतिगत स्थिरता र राजनीतिक स्थिरतासँगै देशको अर्थतन्त्र सकारात्मक बाटोतर्फ जान थालेको बताएका हुन ।

नेपाली काँग्रेस र नेकपा एमालेबीचको समीकरणमा बनेको यो सरकारमा एमाले नेता विष्णुप्रसाद पौडेल चौथो पटक अर्थमन्त्री बनेका छन । अर्थमन्त्रि बन्नुअघिका नीतिहरुमा सैद्धान्तिक रुपमा केही पनि बदलिएको छैन । तर शेयर बजारमा उछाल छ, हरियाली छाएको छ ।

आर्थिक वृद्धिदरलाई अनुमान गर्नसक्ने अवस्थाको निर्माण भएको छैन, उत्पादनमुलक क्षेत्रमा पनि वृद्धिदर देखिनेगरी छैन, लगानीयोग्य रकम बैंकिङ प्रणालीमा थुप्रिएको छ, निराश लाग्दो कर्जा प्रवाह छ । यस्तो अवस्थामा पनि मुलुकको अर्थतन्त्र अब चलायमान भएको सरकारको दाबी छ । यसै सेरोफेरोमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले न्युज एजेन्सी नेपाललाई दिनुभएको प्रतिक्रिया यस्तो छ (सम्पादित अंश) ।

अवस्था सकारात्मक छ

सबैभन्दा महत्वपूर्ण पक्ष मान्छेको मनोबल हुन्छ, आत्मविश्वास र मनोबल टुट्यो भने देशलाई अगाडि बढाउन धेरै गाह्रो पर्छ । हामी सरकारमा सहभागी भएदेखि मुख्यरुपमा उत्पादनका सबै क्षेत्र विशेष गरी निजी क्षेत्रको मनोवल उठाउनका निम्ति धेरै कोशिस् गरेका छौँ । उहाँहरुका माग, चासो र मुद्दाहरुलाई गहिरो गरी सुनेका छौँ र कतिपय माग मुद्दाहरु सम्बोधन पनि गरेका छौँ । यो सरकार समस्या सुन्छ र समस्या समाधानका लागि अग्रसरता लिन्छ भन्ने सन्देश संप्रेषित भएको छ । निजी क्षेत्रसँग मात्र नभइ उत्पादनका सबै क्षेत्रसँग हामी यो ढंगले सहकार्य गरिरहेका छौँ ।

Read More