डेडिकेटेड फिडर र ट्रंक लाइन महशुल विवाद : बिजुली काटिएपछि ३२ उद्योगको उत्पादन ठप्प


  • Himalayan Bank Limited (HBL)
डेडिकेटेड फिडर र ट्रंक लाइन महशुल विवाद : बिजुली काटिएपछि ३२ उद्योगको उत्पादन ठप्प

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत उद्योगीले प्रयोग गरेको बिजुलीको बक्यौता महशुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा लाइन काटिदिएपछि लाइन काटिएका ३२ उद्योगमा उत्पादन ठप्प भएको सम्बद्ध उद्योगीहरूले बताएका छन् । २०७२ माघदेखि २०७५ वैशाखसम्म मुलुक चरम लोडशेडिङमा रहेका बेला २४सै घण्टा विद्युत् उपभोग गरेका उद्योगीले पटकपटक ताकेता गर्दा पनि बक्यौता महशुल तिर्न नआएको भन्दै प्राधिकरणले बिहीवार राति ३४ उद्योगको लाइन काटेको थियो । 

प्राधिकरणले लाइन काटेका मध्येको एक अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले आफ्नो उद्योगले मात्रै दैनिक २ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति बेहोरिरहेको बताए । उनका अनुसार अर्घाखाँची सिमेन्टको दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको छ ।

Read More