काठमाडौं : मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । मुक्तिनाथ म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने योजना ‘मुक्तिनाथ म्युचुअल फन्ड १’ को १० करोड इकाई बिक्री गर्न अनुमति पाएको हो ।
प्रतिइकाई १० रुपैयाँको दरल उक्त योजना जारी हुनेछ । मुक्तिनाथ क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो । मुक्तिनाथ विकास बैंक लिमिटेडले योजना व्यवस्थापक, डिपोजिटरी र धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्नको लागि आफ्नै सहायक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ ।



