सहकारी अपचलन प्रकरणमा राजनीतिक ध्रुवीकरण बढ्यो


  • Himalayan Bank Limited (HBL)
सहकारी अपचलन प्रकरणमा राजनीतिक ध्रुवीकरण बढ्यो

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा भएको प्रहरीको छानबिन प्रक्रियालाई लिएर राजनीतिक दलहरु विभाजित बन्न पुगेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिनुलाई प्रतिशोधपूर्ण भनी विपक्षी दलहरुले दाबी गरिरहेका छन् भने सत्तापक्षले अनुसन्धानलाई प्रभावित गर्ने काम नगर्नु भनी चेतावनी दिइरहेको छ ।  जसले गर्दा सहकारी समस्या समाधान भन्दा पनि राजनीतिक खिचातानी हावी भइरहेको छ । 

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समिति प्रतिवेदनको प्रतिवेदन कार्यान्वयन गर्न भनी सभामुख देवराज घिमिरेले भदौ ३१ गते संसदबाटै सरकारलाई रुलिङ गरेको केही दिनपछि गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी बन्जाडे पक्राउ परेका हुन् । 

Read More