१४ किलो चाँदीसहित २ जना पक्राउ


  • Himalayan Bank Limited (HBL)
१४ किलो चाँदीसहित २ जना पक्राउ

बारा । प्रहरीले १४ किलो चाँदीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ स्थित प्रस्टोका ३३ वर्षीय सन्तोष साह सोनार र  जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित गमरगावाटोलका २७ वर्षीय सुरेश महतो रहेका छन् । 

बिहीबार बिहान इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगन्जमा चेकजाँच गर्दा उनीहरूको साथबाट कुल १४ किलो चाँदी बराबर भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

Read More