११ कात्तिकदेखि तिहारलाई सुनको असर्फी र चाँदी सिक्का बेच्दै राष्ट्र बैंक


  • Himalayan Bank Limited (HBL)
११ कात्तिकदेखि तिहारलाई सुनको असर्फी र चाँदी सिक्का बेच्दै राष्ट्र बैंक

८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार लक्षित गर्दै आगामी आइतबारदेखि चाँदीका सिक्का बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंक टक्सार महाशाखाले बिहीबार सूचना प्रकाशित गर्दै ११ कात्तिक आइतबारदेखि चाँदीको सिक्का बिक्री गर्ने जनाएको हो । सुनको असर्फी भने अभाव भएकाले १३ कात्तिमा १ दिन मात्रै बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

तिहारमा धनतेरसको दिन सुन, चाँदीजस्ता बहुमूल्य धातुको असर्फी तथा सिक्का किन्ने चलन छ । यसपटक सुनको असर्फी अभाव रहेकाले १३ गते मंगलबार एकदिन मात्रै बिक्री खुला गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

Read More