भारतले बीआईएस अनिवार्य गरेपछि नेपाली वस्तु निर्यातमा अवरोध


  • Himalayan Bank Limited (HBL)
भारतले बीआईएस अनिवार्य गरेपछि नेपाली वस्तु निर्यातमा अवरोध

काठमाडौँ । पछिल्लो समय भारतले नेपाली वस्तु निर्यातमा अवरोध सिर्जना गरेको छ ।  भारतको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) को प्रमाण पत्र लिएर मात्र निर्यात गर्ने व्यवस्थाले निर्यातमा अवरोध आएको उद्योगीहरू बताउँछन् । भारतको यो नीतिले गर्दा नेपाली वस्तु प्लाइउड, जुत्ता, सिमेन्ट, स्यानिटरी प्याड लगायतका निर्यातकर्तालाई समस्या परेको छ । 

बीआईएस भनेको भारत सरकारबाट मान्यताप्राप्त भएको मापदण्डको प्रमाण पत्र हो । भारतमा कुनै पनि वस्तु बिक्री वितरणका लागि बीआईएस अनिवार्य रूपमा लागू गरिएको छ । तर बीआईएस लिनका लागि  तत्काल सहज नभएको उद्योगीहरूको गुनासो छ । 

Read More