नेपाल बिद्युत प्राधिकरणले विद्युत वक्यौता तिर्नलाई दिएको म्याद आज सकिदैछ। बुधबारसम्म कुनै पनि उद्योगले एक रुपैया पनि बक्यौता नतिरेको प्राधिकरणले जनाएको छ।
तोकिएको मितिभित्र बक्यौता नतिरेमा कानुनअनुसार कारबाही गरिने बताइएपनि के कारबाही गर्ने भन्नेमा प्राधिकरण आफैं स्पष्ट हुन नसकेको पाइएको छ। प्राधिकरणले गत असोज २९ गते ४९ उद्योगहरुलाई बाँकि बक्यौता भुक्तानीको लागि पत्राचार गरेको थियो।


