बैंकहरुको खराब कर्जा बढ्दो अवस्थामा छ । बाह्य क्षेत्रमा आएको सुधारलाई लिएर प्रधानमन्त्री र अर्थमन्त्रीले अर्थतन्त्र सुधारोन्मुख देखिएको दाबी गरिरहँदा आन्तरिक अर्थतन्त्र भने अझै पनि चलायमान हुन नसकेको देखिएको छ ।
आन्तरिक अर्थतन्त्र चलायमान हुन नसक्दा उद्योगधन्धा र व्यापार व्यवसायले गति लिन सकेको छैन । बैंकहरुले प्रकाशित गरेको तथ्याँक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खराब कर्जा अझै बढेको छ ।


